जातीय विभेदको पराकाष्ठा : तल्लो जातको केटासँग लाग्दा पुजाकै दिन यसरी जलाएका थिए आफ्नै आमा बुबाले

Lalmati teti

वीरगञ्ज । गत कात्तिक २९ गते पर्साको बहुदरमाई नगरपालिका ८ रामनगरीमा आगलागी भएर मृत्यु भएकी भनिएकी १५ वर्षीया छोरी माना कुमारी साह तेलीको आफ्नै आमाले हत्या गरेको रहस्य खुलेको छ ।

लक्ष्मी पुजाको दिन राति १० बजेतिर फुसको घरमा भएको आगलागीमा परि मनबोध साह तेलीकी १५ वर्षीया छोरी माना कुमारीको मृत्यु भएको भनिएको थियो । तर झण्डै दुई महिनापछि उनको आफ्नै आमा र बुवा मिलेर हस्या गरेको खुलेको हो ।

मृतककी भाउजु २२ वर्षीया मनिषा देवीले नन्दलाई सासु लालमतीले आगोमा जलाई फुसको छानामा समेत आगो लगाएको कुरा एक महिनापछि प्रहरीलाई बताएकी थिइन् ।

त्यसकै आधारमा लालमती देवीलाई पक्राउ गरी थप अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेकाले श्रीमान मनबोधसँगको सल्लाहमै छोरीको हत्या गरेको स्वीकार गरिन् । लालमतीका श्रीमान मनाबोध फरार छन् । उनको नाममा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ ।

लालमती देवीविरुद्ध पुस २२ गते पर्सा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनी पुर्पक्षका लागि कारागारमा छिन् ।

यसरी जलाइएको थियो छोरीलाई
माना कुमारी रामनगरीकै एउटा बोर्डिङमा कक्षा ९ मा पढ्थिन् । उनलाई सोही बोर्डिङमा पढाउने शिक्षक रामबाबु चमारले होम ट्युसन पढाउने गर्दथे । घरमा दुहुना भैंसी पालेकोले छिमेकी काका पर्ने नगिना साह मानाको घरमा दिनहुँ दूध लिन आउँथे 

केही दिनदेखि माना कुमारी कसैलाई थाहा नदिई रातिको समयमा घरबाट सुटुक्क निस्किन थालेकी थिइन् । आमा लालमती देवीलाई यो कुरा थाहा पाइन् । उनलाई छोरीको गतिविधि मन परिरहेको थिएन । नगिना र शिक्षक रामबाबुको छोरीसँग केही न केही सम्बन्ध छ भन्ने शङ्का उनलाई थियो । त्यसैले उनीहरु घरमा आएको पनि मन पर्न छोडेको थियो लालमतीलाई ।

कात्तिक २७ गते धनतरेशको किनमेल गर्न पोखरिया जान्छु भनेकी थिइन् माना कुमारीले । आमा लालमतीले श्रीमानसँग मागेर एक हजार रुपैयाँ दिइन् । पोखरियाबाट फर्किंदा लेगिज, जिन्स पाइन्ट, पार्चुनको समान, मोजासमेत किनेर ल्याएकी रहिछन् ।

एक हजारमा यति धेरै सामानहरु कसरी किनिस् भनेर अभिभावकले प्रश्न गरे । माना कुमारीले काका नगिनासँगै बजार गएको र उनैले एक हजार रुपैयाँ सापटी दिई सामान किनिदिएको बताइन् । त्यसपछि आमाले छोरीलाई गाली गर्दै कुटपिटसमेत गरिन् ।

कात्तिक २९ गते साँझ ६ बजे घरपरिवारका सबै सदस्यले लक्ष्मीपूजा गरेर खाना खाएर ८ बजेतिर सुत्न ओछ्यानतिर गएका थिए । छोरी सुतिन् । आमा लालमती र बुवा मनबोधले भने छोरीले इज्जत गुमाएर समाजमा मुख देख्न नसक्ने अवस्था आउनसक्ने निष्कर्ष निकाले र आगो लगाएर मारिदिनुपर्छ भनेर सल्लाह गरे । त्यसपछि आमा पनि छोरीसँगै सुत्न गइन् ।

छोरी निदाइसकेपछि कपडामा मट्टीतेल छर्किएर आगो लगाइदिइन् । घरमा आगो लागेकोजस्तो देखाउन फुसको छानामा समेत आगो झोसिन् । त्यसपछि आफूहरु बाहिर निस्किएर बाहिरबाट ढोका बन्द गरिदिएको आमा लालमतीले प्रहरीसँगको बयानमा बताएकी छन् ।

बुहारी मनिषादेवीले आगो निभाउन खोज्दा छोरालाई लिएर भागिहाल् भनेर गाली गरेको र नगिना साह आएर आगो निभाउन खोज्दा बाँसको भाटाले टाउकोमा हानेर आगो निभाउन नदिएको लालमतीले बताएकी छन् । पछि छिमेकीअरु जम्मा भएर आगो निभाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...