देशैभर ५ सय २२ जना संक्रमित थपिए, ८ को मृत्यु  

Corona psycho

 

काठमाडौं । मुलुकमा थप ५ सय २२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या १ सय ८४ र पुरुषको संख्या ३ सय ३८ छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५ सय २१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय २२ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ ।पछिल्लो २४ घण्टामा ५ सय ७८ निको भए, ८ को मृत्यु भएको छ । 

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ सय ७८ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ५ सय ७८ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ५ हजार २ सय २५ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ३ सय ४२ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ५ सय २१ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १९ लाख ५७ हजार ४ जनाको ५४ पीसीआर परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ९३ पुगेको छ ।

प्रतिकृया दिनुहोस