घट्यो काठमाडौँ उपत्यकामा कोरोना संक्रमण, थप १८५ जना संक्रमित फेला

Kathmandu

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १४०, भक्तपुरमा २४ र ललितपुरमा २१ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर २०९ जना कोरोना संक्रमितको आईसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा १५९ जना महिला र २४४ जना पुरुष रहेका छन् ।

२४ घण्टामा ४ हजार ४०१ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ५२ हजार ९०३ पीसीआर परीक्षण भएका छन् । योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार २८९ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...