काठमाडौँ उपत्यकामा ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या, थप १९७ जनामा संक्रमण पुष्टि

Ktm2020 05 13 12 01 37

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ५ हजार ४८७ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १६०, भक्तपुरमा ११ र ललितपुरमा २६ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार हाल देशभर १९९ जना कोरोना संक्रमितको आईसीयुमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ४८ हजार ५०२ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६७ रहेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा थप ८ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७८ जना पुगेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...