नेपालमा चार चरणमा कोरोना खोप लगाइने, यस्तो छ प्राथमिकतामा परेको सुची

Corona khop

काठमाडौं । गत डिसेम्बरबाट फैलिएको कोरोना भाइरसको महामारी विश्व नै आक्रान्त बनेको बेला कोरोना विरुद्दको खोप तयार गरेपछि खुसीयाली नै छाएको छ । यसैक्रममा नेपालमा खोप आएपछि चार चरणमा खोप लगाउने सरकारी तयारी छ ।

अहिले भारतमा बेलायतसँग मिलेर एउटा कम्पनी र भारत एक्लैले एउटा कम्पनीसँग मिलेर कोरोनाको खोप बनाउँदै छ । यो खोपले समेत तेस्रो चरण पार गरेका छन् । चीनका चारवटा कम्पनीहरुले खोप बनाइरहेका छन् । अहिलेको अवस्थामा भारत र चीनमा बनेका खोपहरु मार्च–अप्रिलसम्म आइपुग्न सक्ने सम्भावनामा मन्त्रालयले हेरेर बसेको छ ।

सरकारले नेपालमा खोप ल्याउन तेस्रो चरणको प्रकृया पूरा गर्ने कम्पनीहरुलाई पत्राचार गरिसकेको छ । सरकारले जतिसक्दो छिटोभन्दा छिटो खोप ल्याउन पहल गरिरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

पहिलो चरणमा कोरोना विरुद्धको अभियान अन्तरगतको उपचार, व्यवस्थापनमा खटिने नौ लाखलाई खोप लगाउने अन्तिम तयारी छ । दोस्रो चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने तयारीमा सरकारी निकाय लागेको छ ।

५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई खोप लगाउने तयारी सरकारी निकायको छ । ५५ वर्षभन्दा माथिका र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुको संख्या ६० लाखभन्दा माथिको रहेको अनुमान गरिएको छ ।

तेस्रो चरणमा ४० वर्षदेखि ५५ वर्षसम्मका मानिसहरुलाई लगाउने तयारी रहेको छ । अन्तिम चरणमा १५ वर्षदेखि ३९ वर्षसम्मको नागरिकहरुलाई खोप लगाउने तयारीमा सरकारी निकाय छ । १५ वर्षभन्दा मुनीका बालबालिकाहरुलाई खोप लगाईंदैन ।

अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय, समुदायमा तथ्याङ्ग संकलनको काम गरिरहेको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतम बताउँछन् ।

खोप महाशाखाले नेपालमा खोप भण्डारण गर्नको लागि त्रिभुवन विमानस्थलमा रहेको कोल्ड चेनलाई प्रयोग गर्ने तयारी छ । नेपालका सबै जिल्ला तथा स्वास्थ्य केन्द्रहरुमा समेत फ्रिज रहेकोमा त्यसलाई प्रयोग गर्न सक्नेगरी खोप ल्याउने तयारीमा सरकारी संयन्त्र लागेको छ ।

नेपालमा यसअघि प्रयोग भैरहेका खोपहरु दुई देखि आठ डिग्रीमा भण्डारण हुँदै आएकोमा माइनस २० डिग्री तापक्रमसम्ममा खोप भण्डारण गर्न मिल्ने कोल्ड चेनको भौतिक संरचना बढाउने तयारी तीब्र पारिएको छ ।

नेपाल सरकारले नेपालीले किन्न सक्ने, भण्डारण गर्न सक्ने खालको खोप दिन अनुरोध गरेको छ । नेपालले कोरोनाविरुद्धको खोप खरिदको लागि ४९ अर्ब रकम छुट्याएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...