कीर्तिपुर अस्पतालमा तोडफोड

Kirtipur hospital

काठमाडौँ । उपचारमा लापरवाही भएको भन्दै कीर्तिपुर अस्पतालमा तोडफोड भएको छ। चन्द्रागिरीकी एक महिलाले जन्माएकी शिशुको मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् । आफन्तले सुत्केरीका क्रममा त्रुटि भएको भन्दै प्रदर्शन र तोडफोड गरेका हुन् । अस्पतालले भने नवजात शिशु जन्मने बेलामा नै मृत्यु भएको जनाएको छ।

अस्पतालका अनुसार बच्चा जन्मिने बेलामा नै एक्कासी धड्कन रोकिएको थियो। अस्पताल तोडफोडको आरोपमा १७ जनालाई पक्राउ गरिएको छ। उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...