पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना पुष्टि, ७ सय ४८ जना डिष्चार्ज

878976546

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार दुई सय २५ जनाको पीसीआर परीक्षण गर्दा ४ सय २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दुई लाख ६१ हजार १९ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ७ सय ४८ जना कोरोना सङ्क्रमणबाट निको भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५३ हजार एक सय सात जना पुगेको छ ।

अहिले नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ४८ जना रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ८ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...