पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना संक्रमण, ९ को मृत्यु, ४४७ डिस्चार्ज  

Corona patient rqdqlbqkzg

 

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ। १९६ महिला र ३३८ पुरुष संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९४ पुगेको छ।

यस्तै बिहीबार थप ४४७ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय संक्रमितको संख्या भने ६ हजार ३७८ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ। बिहीबार कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ।

यस्तै अहिले ३६२ जना क्वारेन्टिन र ६ हजार ३७८ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...