पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना संक्रमण, ८४२ जना संक्रमित अस्पतालबाट डिस्चार्ज

431121

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ८४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ। हाल देशभर १० हजार ९ सय ५५ जना सक्रिय संक्रमित छन् भने ४ सय ७१ जना क्वारेन्टिनमा छन्।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय १६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...