दैनिक कोरोना संक्रमणको दर ह्वातै घट्यो, आइतबार थप ८३० जनामा संक्रमण पुष्टि

Corona patient rqdqlbqkzg

काठमाडौँ । नेपालमा कोरोना संक्रमण दर घट्दै गएको छ । आइतबार जम्मा ८३० जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ लाख ३५ हजार ७३१ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै १५ सय जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । हाल १० हजार ९९७ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १६ सय ९८ पुगेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...