पूर्ण खोप सुनिश्चितताका लागि स्वास्थ्य टोली परिचालित

559385531injection

कैलालीको टीकापुर नगरपालिकाले पूर्ण खोप सुनिश्चितताका लागि गाउँ र टोलमा स्वास्थ्यकर्मी परिचालन गरेको छ । विसं २०७४ कात्तिक १४ गते नगरपालिकाले पूर्ण खोप नगरपालिका घोषणा गरेको भए पनि बिचको अवधिमा नगरपालिकाभित्रका बालबालिकालाई दिइँदै आएका खोपको अवस्थामा बुझ्न र पूर्ण खोप नगरपालिकालाई मूर्तरुप दिन स्वास्थ्यकर्मी परिचालन गरेको हो ।

गत वर्ष भने चैतमा तथ्याङ्क सङ्कलनको काम गर्ने योजना बनाएको नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणका कारण काम गर्न सकेन् । यो अवधिमा बाहिरबाट बसाइँ सरी आउने र कोरोनाकै कारण पनि खोप लगाउन खोप केन्द्रसम्म मानिस नआएको हुनसक्ने नगरपालिकाले जनाएको छ । पूर्ण खोप सुनिश्चितताका लागि नगरपालिकाले ४० स्वास्थ्यकर्मी परिचालन गरेको छ ।

स्वास्थ्यकर्मीको सहयोगीका रुपमा टोल–टोलमा १२० महिला स्वयंसेवकसमेत परिचालन गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए । तथ्याङ्क सङ्कलन गर्ने टोलीले नगरपालिकाका सबै घरको पूरा जनसङ्ख्यासहितकोे कुन उमेरको भन्नेसमेत फारममा उल्लेख गर्नुपर्ने छ ।

त्यस्ले नगरपालिकाको पछिल्लो जनसङ्ख्याको विवरणसमेत थाहा हुने स्वास्थ्य शाखा प्रमुख रावलले बताए । “स्वास्थ्यकर्मीले ल्याएको तथ्याङ्कलाई नगरस्तरीय खोप समन्वय समितिमा बुझाउँछौँ, कोही बालबालिका खोपबाट छुटेको भए उनीहरुलाई खोप दिने काम गर्छौ”, रावलले भने, “पुनः हामी तीनवटा वडाको ६० घरधुरीको तथ्याङ्क लिन्छौ र पहिलेको तथ्याङ्क ठिक भए वडाहुँदै नगरलाई पूर्ण खोप नगरपालिका घोषणा गर्छौं, नभए पुनः तथ्याङ्क जाँच गर्छौ ।”

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...