साइप्रसमा ४७ नेपालीमा कोरोना पुष्टि

Corona sa 7 4 2020 4 38 35 7 5 2020 4 38 11 7 16 2020 4 34 05 7 17 2020 4 37 14

काठमाडौँ । युरोपेली मुलुक साइप्रसमा बुधवार थप ३ जना नेपालीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज भेटिएकाहरु एक जना पाफोस सहर र दुई जना निकोसिया सहरका विद्यार्थीहरु रहेका छन् ।

मगंगलबार पनि ६ जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो । जसमा आईयानापामा २ जना घरेलु कामदार, लिमासोलमा एक जना महिला, निकोसियामा २ जना विद्यार्थी र पाफोसमा १ जना विद्यार्थी रहेका छन् । योसँगै साइप्रसमा संक्रमित नेपालीको संख्या ४७ पुगेको एनआरएनए साइप्रसका सचिव पुरन मगरले जानकारी दिए ।

कोरोना संक्रमणबाट बच्नका लागि गैरआवासीय नेपाली संघ साइप्रसले आफ्नो पदाधिकारी लगायत विभिन्न १२ भन्दा बढी समाजिक सघंसस्थाहरुसँग समन्वय गरेर जनचेतना जगाउने , समास्यामा परेकालाई सहयोग गर्ने जस्ता कार्य गरिरहेको सचिव मगरले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस