थप १४ संक्रमितको मृत्यु, मृतकको संख्या १६५१ पुग्यो

Coronavirus worldchina amer

काठमाडौं । नेपालमा एकैदिन थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २३ जना संक्रमितको मृत्यु भएको थियो ।

एकै दिन १ हजार ५६ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ । कुल संक्रमितमध्ये १२ हजार २ सय ४५ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा ६ हजार २ सय ८६ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ५ हजार ९ सय ७२ पुगेको छ । हाल ५ सय २५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...