काठमाडौं उपत्यकामा थपिए ४९६ जना कोरोना संक्रमित

1599129601 kathmandu valley

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३९३, भक्तपुरमा ३९ र ललितपुरमा ७४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यस्तै, बुधबार नेपाल थप १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ भने अहिलेसम्म २ लाख ३० हजार ५३७ जना संक्रमणमुक्त भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १६५१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार १४८३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रतिकृया दिनुहोस