हुम्लामा फेरि फैलियो कोरोना, ११ सुरक्षाकर्मीमा संक्रमण पुष्टि

Corona sa 7 4 2020 4 38 35 7 5 2020 4 38 11 7 16 2020 4 34 05 7 17 2020 4 37 14

हुम्ला । केही दिनअघि कोरोनामुक्त घोषणा गरिएको उच्च हिमाली जिल्ला हुम्लामा फेरि संक्रमित भेटिएका छन् । त्यहाँका ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । गएको १८ मंसीरमा सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट टे«सिङका क्रममा स्वाव सङ्कलन गरी १२ जना सुरक्षाकर्मीको पीसीआर परीक्षण गरिएको थियो । तीमध्ये ११ जनालाई संक्रमण भएको पत्ता लागेको जिल्ला अस्पताल हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।

सङ्क्रमित ११ जना नै सिमकोट विमानस्थलमा रहेको सुरक्षा गार्ड क्वार्टरमा ‘होम आइसोलेसन’मा बसेका छन् । यो सँगै हुम्लामा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७८ पुगेको छ । अहिले जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या भने ११ मात्र छ । ६७ जना निको भइसकेका छन् ।

केही दिनअगाडि मात्रै सदरमुकाम सिमकोटदेखि उत्तरतिर पर्ने नाम्खा गाउँपालिकाको केन्द्र यालवाङमा ५६ जनामा सङ्क्रमण पुष्टि भएपछि जिल्लामा सञ्चालन गरिएका विद्यालहरु पुनः बन्द गरिएको छ । स्थानीय तहले विद्यालय पुनः सञ्चालन गर्ने तयारी गरिरहेका बेला सदरमुकाम सिमकोटमा सङ्क्रमणको जोखिम बढेको छ ।

 

प्रतिकृया दिनुहोस