आजको मौसमः आंशिकदेखि सामान्य बदली हुने

Mausam

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) पहिलाको तुलनामा बिहानैबाट सामान्य बदली भइ देशका केही स्थानमा चिसो बढ्ने जनाएको छ । त्यस्तै, दिउँसो पनि देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी स्थानहरुमा आंशिक बदली रहने बताइएको छ ।

साथै, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी, राती पनि देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी स्थानहरुमा आंशिक बदली रहनेछ । त्यस्तै, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...