लमजुङमा कोरोनाबाट एक वृद्धको मृत्यु

Death body

काठमाडौँ ।  कोरोनाबाट लमजुङमा एक वृद्धको मृत्यु भएको छ । बेसीसहर नगरपालिका ९ का ९७ वर्षीय वृद्धको बिहीबार साँझ मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका वृद्धको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि बेसीसहरस्थित जिल्ला अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए ।

उनका अनुसार परिवारका सबैमा कोरोना संक्रमण देखिएपछि वृद्धको सोमबार स्वाब लिएर पिसिआर  परीक्षणका लागि पोखरा पठाइएको थियो । वृद्धमा बुधबार कोरोना पुष्टि भएको थियो । यसअघि लमजुङका नागरिकको बाहिरी जिल्लामा उपचारका क्रममा पाँच जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमितको जिल्लामै मृत्यु भएको यो पहिलो घटना हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...