दाङमा पनि राजतन्त्र माग्दै निस्कियो विशाल जुलुस

Rajtantra dang nb3ysdzldu 768x511

दाङ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै दाङमा राजसंस्था पक्षधरले दाङमा विशाल जुलुस निकालेका छन् । बिहीवार दाङको घोराहीमा उल्लेख्य मानिसको उपस्थतिमा नागरिक समाज तथा राजसंस्था पक्षधर विभिन्न पार्टी तथा संघ संस्थाहरुले प्रदर्शन गरेका छन् । राजसंस्था पुनर्स्थापनाको माग राख्दै आएका विभिन्न पार्टी तथा संघ संस्थाले ‘राजा आऊ देश बचाउ’ भन्दै मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेका हुन् ।

ुसंवैधानिक राजतन्त्र हिन्दु राष्ट्र कायम गर नीतिगत भ्रष्टाचार अन्त्य गरु भन्दै देशमा भएका हत्या हिंसा, बलात्कारजस्ता घटनाबारे विरोध गर्दै उनीहरुले प्रदर्शन गरेका थिए । प्रदर्शन क्रममा निकालिएको मोटरसाइकल र्‍याली घोराही बजारका विभिन्न स्थान परिक्रमा गरी तुलसीपुर चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

प्रतिकृया दिनुहोस