विश्‍वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख नजिक

Covid death2020 07 11 04 44 47

काठमाडौँ । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १४ लाख ९८ हजार २८४ व्यक्तिको मृत्यु भएको छ । गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ६ करोड ४८ लाख १५ हजार २६४ व्यक्ति संक्रमित भइसकेका छन् । तीमध्ये ४ करोड ४९ लाख ८ हजार ३०२ व्यक्ति कोरोना मुक्त भएका पनि एएफपी समाचार समितिले दिएको पछिल्लो अपडेटमा जानकारी दिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट बुधबार, एकै दिनमा विश्वभरी १२ हजार २९१ जनाको मृत्यु भएको छ । ६ लाख २६ हजार ८५३ जना नयाँ संक्रमित थपिएका छन् । वल्र्डमिटरर्सको तथ्याङ्ककाअनुसार सबैभन्दा बढी मृत्यु हुने देशहरूमा संयुक्त राज्य अमेरिका, दोस्रोमा मेक्सिको र तेस्रोमा र इटाली रहेका छन् ।

अमेरिकामा बुधबार एकै दिनमा २ हजार ७९७ जनाको मृत्यु भएको छ भने मेक्सिकोमा ८२५ र इटाली ७८५ को मृत्यु भएको छ । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ७९ हजार ८३३ जनको मृत्यु भएको छ । अमोरिकामा १ करोड ४३ लाख ८ हजार २८९ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ती मध्ये ८४ लाख ८६ हजार ३५० व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् ।

एएफपीले विश्व स्वास्थ्य संगठनको स्रोतबाट बाहिर ल्याएको यस तथ्याङ्कमा सम्भवतः संक्रमणको वास्तविक संख्याको केही अंश मात्र देखाएको जानकारी दिएको छ । धेरै देशहरूले केवल लक्षण वा गम्भीर प्रकारको बिरामीको मात्र परीक्षण गरिरहेका जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...