बुधबार थप १४९० जना कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या २ लाख ३६ हजार २ सय ४६ पुग्यो

Corona psycho

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर १ हजार ५ सय ६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ।

पछिल्लो  २४ घण्टा ८ हजार ३०० सय पीसीआर परीक्षण भएको छ। हाल देशभर १६ हजार ५ सय ४७ जना सक्रिय संक्रमित छन् भने ६ सय ५ जना क्वारेन्टिनमा छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नेपाल दलित मुक्ति संगठनले भन्यो, ओलीको कदम असंवैधानिक छ

Dalit mukti sangathan

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले प्रतिनिधिसभा विगटन गरेपछि नेपाल कम्युन...