लुम्बिनी मेडिकल कलेजमा दुई कोरोना संक्रमितको मृत्यु

Corona dead body

बुटवल । लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचाररत दुई जना कोरोना संक्रमितको बुधबार बिहान मृत्यु भएको छ । कलेजमा उपचार गराइरहेका पाल्पाका एक र स्याङ्जाका एक पुरुषको ज्यान गएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । पाल्पाको बगनासकाली गाउँपालिका–१, चिर्तुङधाराका ३८ वर्षीय पुरुषको बिहान ४ बजे मृत्यु भएको लुम्बिनी मेडिकल कलेजले जनाएको छ ।

यसैगरी स्याङ्जाको गल्याङ नगरपालिका–४, का ३९ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ५ बजे मृत्यु भएको कलेजले जनाएको छ । पाल्पा बगनासकालीका पुरुषलाई मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । १४ गते अस्पताल भर्ना भएर उनको उपचार भइरहेको थियो । स्वास्थ्यमा समस्या देखिएर अस्पताल भर्ना भएका गल्याङ्का पुरुषलाई भने मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...