पछिल्लो २४ घण्टामा देशैभर थप १३०४ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या २ लाख ३४ हजार ७५६ पुग्यो

Coronaa

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १३०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २१ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८३ जनाको पीसीआर परीक्षण हुँदा ५०१ महिला र ८०३ पुरुषसहित थप १३०४ जनामा कोराना संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ भने बितेको २४ घण्टामा थप २०७३ जना निको भएसँगै कुल निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ ।

यस्तै देशभर सक्रिय संक्रमित १६ हजार ६३३ जना रहेका छन् भने मृतकको संख्या १५२९ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...