थप १३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या २ लाख ३० हजार ७२३ पुग्यो

254535

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार देशभरमा गत २४ घण्टामा १ हजार ३८० जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको १८ हजार ८३ रहेका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा ५१५ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ११ हजार १८६ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४५४ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...