शुक्रबार १ हजार ७०३ जनामा कोरोेना संक्रमण पुष्टि, कुल संक्रमित संख्या दुई लाख २९ हजार तीन सय ४३ पुग्यो

Corona psycho

काठमाडौँ । गएको २४ घण्टामा नेपालमा एक हजार सात सय तीन जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार एक हजार सात सय तीन जना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख २९ हजार तीन सय ४३ पुगेको छ । १० हजार चार सय ६० जनाको नमुना परीक्षण गर्दा यति सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् ।

त्यस्तै गएको २४ घण्टामा एक हजार दुई सय ३६ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै अहिलेसम्म कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख नौ हजार चार सय ३५ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा २३ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या एक हजार चार सय ३५ पुगेको छ । नेपालमा अहिले १७ हजार दुई सय ३७ जना आइसोलेशनमा छन् । यस्तै ६ सय एक जना क्वरेन्टाइनमा रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...