भारतले नेपाललाई कोरोनाको भ्याक्सिनमा सहयोग गर्ने

Nepal bharat 768x428

काठमाडौँ । भारतले नेपाललाई कोरोना भाइरस विरुद्धको भ्याक्सिनमा सहयोग गर्ने भएको छ । भारतका विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले सिंहदरबारमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँगको सँगको भेटमा भारतले नेपाललाई कोरोनाको भ्याक्सिनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

भारतीय विदेश सचिव श्रृंगलाले कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले बिहीबार नै भारत सरकारका तर्फबाट नेपाललाई सहयोग प्रदान गरेको दुई हजार भाइल रेम्डिसिभिर लगायत स्वास्थ्य सहायता हस्तान्तरण गरे ।

भारतीय विदेश सचिव श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार बिहान काठमाडौं आइपुगेका हुन् । उनी शुक्रबार भारत फर्किनुअघि गोरखा र मनाङको भ्रमणमा जानेछन् । बिहीबार नै नेपाल आएका उनी त्यसअघि दुई देशका सचिवस्तरीय वार्तामा सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...