काठमाडौं उपत्यकामा थप ९ सय ४७ जनामा संक्रमण पुष्टि

1590588492 frwvd

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय ४७ जना संक्रमित फेला परेका छन् । जस्मा ४ सय १० महिला र पुरुष ५ सय ३७ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ४७ संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ६ हजार ३ सय ६३ पुगेको छ ।

योसंगै काठमाडौंमा ८४ हजार ५ सय १७ जना, ललितपुरमा १२ हजार ५ सय ७७, भक्तपुरमा ७ हजार ५ सय ८८ जना संक्रमित पुगेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...