विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख नाघ्‍यो

Corona london 3

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १४ लाख नाघेको छ । यो खबर तयार पार्दासम्म गएको २४ घण्टामा ७ हजार ६ सय भन्दा धेरैको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १४ लाख १ हजार २ सय नाघेको वल्र्डमिटरर्सले तथ्यांकमा उल्लेख गरिएको छ ।

वल्डोमिटरका अनुसार अहिलेसम्म ५ करोड ९४ लाखमा कोरोना पुष्टि हुँदा ४ करोड १० लाख निको भएका छन् । अहिले विश्वभर १ करोड ६९ लाख सक्रिय संक्रमित रहेकामा १ लाख ३ हजारको अवस्था जटिल रहेको छ । विश्वमै सबैभन्दा धेरै अमेरिकामा १ करोड २७ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये ७५ लाख २४ हजार निको भएका छन् भने २ लाख ६३ हजारको मृत्यु भएको छ ।

यसैगरी ९१ लाख ७७ हजारमा कोरोना पुष्टि भएको भारतमा ८६ लाखभन्दा धेरै निको भएका छन् । त्यहाँ १ लाख ३४ हजारको भने मृत्यु भइसकेको छ । यसैगरी ब्राजिलमा ६० लाख ८७ हजारमा कोरोना पुष्टि हुँदा ५४ लाख ३२ हजार निको भएका छन् । १ लाख ६९ हजारको मृत्यु भएको छ ।

सँगै फ्रान्स र रुसमा २१ लाखभन्दा धेरैमा संक्रमण पुष्टि हुँदा स्पेनमा १६ लाख, बेलायतमा १५ लाख, इटालीमा १४ लाख, अर्जेन्टिनामा १३ लाख, कोलम्बियामा १२ लाख तथा मेक्सीकोमा १० लाखभन्दा धेरैमा कोरोना पुष्टि भएको छ ।

यसैगरी मेक्सीकोमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १ हजार, बेलायतमा ५५ हजार तथा इटालीमा ५० हजार जना नाघिसकेको छ । गएको २४ घण्टामा मात्रै विश्वभर ४ लाख ७० हजारभन्दा धेरै संक्रमित थपिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...