कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

Covid death2020 07 11 04 44 47

काठमाडौँ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा इलाम–१ का २५ वर्षीय पुरुष र सुनसरी विराट चोकका २७ वर्षीय पुरुष भएका बीपी कोइराला विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए ।

अस्पतालका अनुसार सुनसरीका २७ वर्षीय पुरुषको आज विहान ६ः४० मा मृत्यु भएको हो । उनी पहिलेदेखि नै दीर्घरोगी थिए ।
यस्तै, इलामका २५ वर्षीय पुरुषको आइतबार राति ९ः३० मा बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा नै मृत्यु भएको हो । उनी पनि पहिलेदेखि नै दीर्घरोगी थिए । मृतक दुवैको शव नियमानुसार व्यवस्थान हुने अस्पतालले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस