वरिष्ठ शल्यचिकित्सक डा मुडभरीको कोरोनाबाट निधन

1851810591drdhurbamudvari 768x461

काठमाडौँ । वरिष्ठ चिकित्सक डा. ध्रुव मुडभरीको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको छ । पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममा शनिबार उनको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिइन् ।

राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पु¥याएका डा. मुडभरी ॐ अस्पतालका संस्थापक थिए । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । स्व. मुडभरीको शनिबार नै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...