पछिल्लो २४ घण्टामा थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि

Corona psycho

काठमाडौँ । पछिल्लो २४ घण्टामा मंगलबार थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा २ हजार ८७८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ७९ हजार २४२ संख्या पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३० हजार ९८६ छ । यस्तै क्वारेन्टाइनमा रहनेको संख्या १ हजार ३ रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख १७ हजार २३ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ३ हजार ११२ पीसीआर परीक्षण भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २४७ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...