पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थपिए ८ सय ७ जना कोरोना संक्रमित

1590588492 frwvd

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०७ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार संक्रमण पुष्टि हुनेमा ३५२ महिला र ४५५ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६३२, ललितपुरमा १३३ र भक्तपुरमा ४२ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर आइतबार संक्रमित पुष्टि हुनेमा १ हजार ४७७ जना रहेका छन् ।

२४ घण्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । २ हजार ७९८ जना कोरोनामुक्त भएका छन् ।त्यसैगरी मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ९ हजार ७९ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार ४७६ पीसीआर परीक्षण भएका छन् ।

प्रतिकृया दिनुहोस