संक्रमित भन्दा निको हुनेको संख्या नै बढी, थप हजार ७ सय ९८ संक्रमित अस्पतालबाट डिस्चार्ज  

5f542984db02b 5f011867c919c coronavirus won

 

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ९८ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ७ सय ९८ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १ लाख ७३ हजार ४ सय ३० पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ३५ हजार १ सय २५ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २१ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४ सय ७६ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १६ लाख ९ हजार ७९ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २१ पुगेको छ ।

प्रतिकृया दिनुहोस