पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु, नेपालमा मृतकको संख्या १ हजार २१५ पुग्यो

Corona shab all

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि शुक्रबार १३ र बिहीबार १५ जनाको मृत्यु भएको थियो । पछिल्लो समय लक्षणसहितका संक्रमित बढ्दै गएको छ । मुलुकभर पछिल्लो २४ घण्टामा १९ सय ४६ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

लक्षणसहितका संक्रमित बढन थालेपछि विभिन्न जिल्लाका अस्पताल पनि भरिन थालेका छन् भने लक्षण भएका संक्रमितहरूसमेत होम आइसोलेसनमा बसेर पनि उपचार गर्न बाध्य भएका छन् ।

पछिल्लो २४ घन्टामा २ हजार ५ सय ३ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमितमध्ये १ लाख ७० हजार ६ सय ३२ जना कोरोना मुक्त भएका छन् ।

हालसम्म १६ लाख २ हजार ६०३ पीसीआर परीक्षण भएका छन् । क्वारेन्टाइनमा १ हजार ५७ जना रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमण १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय १५ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...