लक्षणसहितका संक्रमित बढ्दै, ५ सय भन्दा बढी उपचाररत रहेका जिल्लाको संख्या १३ पुग्यो

Home isolation

काठमाडौं । पछिल्लो समय लक्षणसहितका संक्रमित बढ्दै गएको छ । मुलुकभर पछिल्लो २४ घण्टामा १९ सय ४६ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

लक्षणसहितका संक्रमित बढन थालेपछि विभिन्न जिल्लाका अस्पताल पनि भरिन थालेका छन् भने लक्षण भएका संक्रमितहरूसमेत होम आइसोलेसनमा बसेर पनि उपचार गर्न बाध्य भएका छन् ।

शनिबारसम्म ५ सय भन्दा बढी उपचाररत रहेका जिल्लाको संख्या पनि १३ पुगेको छ । झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, कैलाली, काभ्रे, कास्की, पाल्पा, दाङ र रुपन्देहीमा ५ सय जनाभन्दा बढी संक्रिय संक्रमित छन् ।

काठमाडौंमा १५ हजार ९ सय ६७ संक्रमित उपचाररत छन् । जिल्लाभर ७७ हजार ६ सय ४५ जना संक्रमित भएकामा ६१ हजार ३ सय ७९ जना संक्रमणमुक्त भएका छन् । काठमाडौंमा मात्रै २ सय ९९ जनाको मृत्यु भइसकेको छ ।

भक्तपुरमा एक हजार ३ सय ६ संक्रमित छन् । जिल्लाभर सात हजार ४४ जना संक्रमित भएकामा पाँच हजार ६ सय ६२ संक्रमणमुक्त भएका छन्‌ भने अहिलेसम्म ७६ जना संक्रमितको मृत्यु भएको छ ।

ललितपुरमा उपचार गराउनेको संख्या दुई हजार ३ सय ४६ पुगेको छ । ११ हजार १ सय ६२ जना संक्रमित भएकामा आठ हजार ७ सय ३२ जना संक्रमणमुक्त र ८४ जनाको मृत्यु भएको छ ।

चितवनमा ९४७ जना संक्रमित उपचाररत छन् । पाँच हजार ९५६ जना संक्रमित भएकामा चार हजार ९५६ जनालाई निको भएको छ। चितवनमा अहिलेसम्म ५३ जना संक्रमितको ज्यान गएको छ ।

चितवनमा ९ सय ४७ जना संक्रमित उपचाररत छन् । पाँच हजार ९ सय ५६ जना संक्रमित भएकामा चार हजार ९ सय ५६ जनालाई निको भएको छ । चितवनमा अहिलेसम्म ५३ जना संक्रमितको ज्यान गएको छ ।

काभ्रेपलाञ्चोकमा पनि ८ सय ७२ जना संक्रमित उपचाररत छन् । त्यहाँ अहिलेसम्म दुई हजार ५ सय ७४ जना संक्रमित भेटिएका छन्‌ । एक हजार ६ सय ८८ जना संक्रमणमुक्त भएका छन्‌ भने १४ जना संक्रमितले ज्यान गुमाएका छन्‌ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार झापामा ८ सय ९६ जना संक्रमित छन् । झापामा कुल संक्रमित तीन हजार २९४, कोरोनामुक्त हुनेको संख्या दुई हजार ३७८ र मृतकको संख्या २० पुगेको छ।

मोरङमा एक हजार ५ सय २१ जना सक्रिय संक्रमित उपचाररत छन् भने १० हजार ९ सय ६४ कुल संक्रमित रहेकामा नौ हजार ३ सय ८८ संक्रमणमुक्त भएका छन् । ५५ जना संक्रमितको मृत्यु भएको छ ।

सुनसरीमा एक हजार ७२ उपचाररत छन् । ७ हजार ६ सय १ कुल संक्रमित, ६ हजार ४ सय ६५ निको भएका र ६४ संक्रमितको मृत्यु भएको छ ।
कास्कीमा एक हजार ६ सय २८ संक्रमित उपचाररत छन् ‌। कुल संक्रमित संख्या चार हजार २ सय ६५ रहेकोमा दुई हजार ६ सय३ जना संक्रमणमुक्त भएका छन्‌ भने ज्यान गुमाउने संक्रमितको संख्या ३४ पुगेको छ ।

कैलालीमा यतिखेर ६ सय ७९ जना संक्रमितको उपचार भइरहेको छ । तीन हजार ६ सय ६५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्‌ । कैलालीमा अहिलेसम्म चार हजार ३६१ जना संक्रमित भेटिएको छ ।

दाङमा ७ सय ७ जना सक्रिय संक्रमित उपचाररत छन् ‌। कुल संक्रमित तीन हजार २८ पुगेको छ भने दुई हजार ३ सय ४ जना संक्रमणमुक्त भएका छन्‌ । दाङमा अहिलेसम्म १७ जना संक्रमितको मृत्यु भएको छ ।

पाल्पामा उपचार गराउनेको संख्या ५ सय २३ पुगेको छ। संक्रमणमुक्त एक हजार ७० र कुल संक्रमित एक हजार ५ सय ९७ छन् । त्यहाँका चार जना संक्रमितको ज्यान गएको छ ।

रुपन्देहीमा एक हजार २१८ संक्रमित उपचाररत छन्‌। कुल संक्रमित सात हजार ४०९ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या ६ हजार १३१ पुगेको छ भने ६० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ सय ७९ महिला र ४ सय ५६ जना पुरुष गरी ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ६४२, भक्तपुरमा ८८ र ललितपुरमा १०५ जना गरि ८ सय ३५ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११ हजार ३ सय ९३ जना, भक्तपुरमा १ हजार १४ र ललितपुरमा १९ सय ३१ जना होम आइसोलेशनमा रहेका छन् ।

काठमाडौंमा सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ३७, भक्तपुरमा १३ सय ६ र ललितपुरमा २३ सय ४६ जना छन् ।

यता, मुलुकभर पछिल्लो २४ घण्टामा १९ सय ४६ कोरोना भाइरस संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ ।

छिल्लो २४ घन्टामा २ हजार ५ सय ३ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमितमध्ये १ लाख ७० हजार ६ सय ३२ जना कोरोना मुक्त भएका छन् ।

हालसम्म १६ लाख २ हजार ६०३ पीसीआर परीक्षण भएका छन् । क्वारेन्टाइनमा १ हजार ५७ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस