काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थपिए ८ सय ३५ जना नयाँ कोरोना संक्रमित

Kathamandu vally corona

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ सय ७९ महिला र ४ सय ५६ जना पुरुष गरी ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ६४२, भक्तपुरमा ८८ र ललितपुरमा १०५ जना गरि ८ सय ३५ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११ हजार ३ सय ९३ जना, भक्तपुरमा १ हजार १४ र ललितपुरमा १९ सय ३१ जना होम आइसोलेशनमा रहेका छन् ।

काठमाडौंमा सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ३७,भक्तपुरमा १३ सय ६ र ललितपुरमा २३ सय ४६ जना छन् ।

यता, मुलुकभर पछिल्लो २४ घण्टामा १९ सय ४६ कोरोना भाइरस संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ ।

छिल्लो २४ घन्टामा २ हजार ५ सय ३ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमितमध्ये १ लाख ७० हजार ६ सय ३२ जना कोरोना मुक्त भएका छन् ।

हालसम्म १६ लाख २ हजार ६०३ पीसीआर परीक्षण भएका छन् । क्वारेन्टाइनमा १ हजार ५७ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस