पछिल्लो २४ घण्टामा थपिए १९ सय ४६ कोरोना संक्रमित, नेपालमा कुल २ लाख ८ हजार २९९ जनामा सक्रमण

Corona test logo

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १९ सय ४६ कोरोना भाइरस संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ ।

मन्त्रालयका अनुसार  प्रदेश १ को इलाममा ४, उदयपुरमा ६, ओखलढुंगामा १, खोटाङमा १, झापामा १ सय २१, ताप्लेजुङमा १, तेह्रथुममा १, भोजपुरमा २, मोरङमा ५२, सोलुखुम्बुमा ३ र सुनसरीमा ३५ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा ८, पर्सामा ७, बारामा ९, महोत्तरीमा ७, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा १ र सिरहामा ३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ४२ जनामा कोरोना भेटिएको छ । काभ्रेमा ५९, चितवनमा १२, दोलखामा १२, धादिङमा १४, नुवाकोटमा ३, भक्तपुरमा ८८, मकवानपुरमा २३, रामेछापमा १, ललितपुरमा १ सय ५, सिन्धुपाल्चोकमा १५ र सिन्धुलीमा ४ जनामा कोरोना पुष्टि भएको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २ सय ८, गोरखामा ६४, तनहुँमा ४३, नवलपरासी पूर्वमा १२, पर्वतमा २४, म्याग्दीमा १०, लमजुङमा १०, बागलुङमा १९ र स्याङजामा ९ जनामा कोरोना भेटिएको छ ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको कपिलवस्तुका २१, गुल्मीका ३, दाङका ९, नवलपरासीका २४, पाल्पाका १९, बर्दियाका १५, बाँकेका ३४, रोल्पामा २ र रुपन्देहीका ८२ जना छन् ।

कर्णाली प्रदेशको दैलेखमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा ९, डडेल्धुरामा ५२, डडेल्धुरामा १८, डोटीमा ८, दार्चुलामा १ र बैतडीमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा २ हजार ५ सय ३ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमितमध्ये १ लाख ७० हजार ६ सय ३२ जना कोरोना मुक्त भएका छन् ।

हालसम्म १६ लाख २ हजार ६०३ पीसीआर परीक्षण भएका छन् । क्वारेन्टाइनमा १ हजार ५७ जना रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमण १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय १५ पुगेको छ ।

प्रतिकृया दिनुहोस