डा. गोविन्द केसीको उपचार खर्च सरकारले बेहोर्ने

Dr.gobinda kc

काठमाडौं । कोरोना संक्रमणबाट उपचाररत डा. गोविन्द केसीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । डा. केसी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा उपचाररत छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत डा. गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने बताएका छन् ।

कोरोना भाइरसबाट संक्रमित डा. केसीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्री ओलीले उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताएका हुन् ।

केही लक्षण देखिएपछि बिहीबार गरिएको पीसीआर परीक्षणमा डा। केसीलाई कोरोना संक्रमण पुष्टि भएको हो । डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार उनलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ । केसीलाई श्वासप्रश्वासमा समेत समस्या देखिएको छ ।

 

प्रतिकृया दिनुहोस