अमेरिकाले नेपाललाई दियो एक सय थान भेन्टिलेटर   

Ba394450f37393d6360189d55c98c203 w1000 h500 cp

काठमाडौँ । अमेरिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १०० थान भेन्टिलेटर हस्तान्तरण गरेको छ । शुक्रबार अमेरिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर सेट हस्तान्तरण गरेको हो ।

मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई उक्त भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा मन्त्री ढकालले विपद्का बेला सहयोग गरेको भन्दै नेपाल सरकारका तर्फबाट अमेरिकालाई धन्यवाद समेत दिएका थिए ।

प्रतिकृया दिनुहोस