कोरोना संक्रमणको कहर : एकपछि अर्काे खुसी, रुसले बनायो कोरोना विरुद्धको खोपको सफल परिक्षण

Corona vaccine 24

काठमाडौं । विश्वमै सबैभन्दा पहिलो कोरोना भाइरसविरुद्धको खोप तयार पारेको दावी गर्दै आएको रुसले आफ्नो पहिलो खोप स्पुतनिक भी ९२ प्रतिशत सफल रहेको दावी गरेको छ ।

रुसको दावी अनुसार अन्तरिम परीक्षणबाट स्पुतनिक भी खोप ९२ प्रतिशत सफल सावित भएको हो । यसअघि सोमबार फाइजर र बायोटकले पनि आफ्नो खोप ९० प्रतिशत सफल सावित भएको बताएको थियो ।

हाल स्पुतनिक भी खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण जारी रहेको छ । बेलारुस, यूएई, भेनेजुयला, भारतलगायतका देशमा तेस्रो चरणको परीक्षण चलिरहेको अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

रुसले अहिलेसम्म तीन वटा खोप बनाएको दावी पनि गरेको छ । रुसले अगस्तमा पहिलो खोप अर्थात स्पुतनिक भी बनाएको थियो । यसपछि १४ अक्टोबरमा दोस्रो खोप एपिभेककोरोना बनाएको थियो । त्यस्तै अहिले तेस्रो खोप पनि बनाएको रुसले दावी गरेको छ ।

रुसको चुमाकोभ सेन्टर अफ रसियन एकेडेमी अफ साइन्सेजले तेस्रो खोप बनाएको हो । यो खोपले यही बर्षको डिसेम्बरसम्ममा परीक्षणको अनुमति पाउने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...