पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि, ८५३ जना संक्रमण मुक्त

Corona psycho

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको संख्या १ लाख ९९ सय हजार ७ सय ६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरणअनुसार १२ हजार ९ सय ६० जनाको पीसीआर भएकोमा २ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमा १ हजार ५९ महिला र १ हजार ६ सय ७७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा थप ८ सय ५३ जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म पीसीआर विधिबाट १५ लाख ६४ हजार २ सय १४ परीक्षण भएको मन्त्रालयले जनाएको छ । यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३८ हजार ३५ जना छन् भने १ हजार ५८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...