अमेरिका र जर्मनले बनायो कोभिड–१९ विरुद्धको खोप, खोप ९० प्रतिशतसम्म प्रभावकारी

Corona vaccine 24

काठमाडौं । अमेरिकी कम्पनी पिफाईजर र जर्मन कम्पनी बायोएनटेकले विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ विरुद्धको खोप तयार पारेका छन् । उक्त खोप कोरोना संक्रमितहरुमा ९० प्रतिशतसम्म प्रभावकारी रहेको उनीहरुले दाबी गरेका छन् ।

द गार्जियनमा प्रकाशित समाचार अनुसार यी दुई कम्पनीहरु संयुक्त रुपमा कोरोना खोप विकासका लागि महिनौदेखि सक्रिय छन् । यी कम्पनीहरुले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुले विकास गरिरहेको खोपको ट्रायल (परीक्षण) सम्बन्धी नतिजाका बारेमा जानकारी दिएका हुन् ।

निमायक संस्थाहरुले ट्रायलमा कम्तीमा ५० प्रतिशत प्रभावकारी देखिने खोपलाई मान्यता दिने बताइसकेका छन् । पिफाईजर र बायोएनटेकले आफुहरुले विकास गरेको खोपको प्रयोगले मानव स्वास्थ्यमा कुनै पनि नकारात्मक प्रभाव नरहेको पनि दाबी गरिएको छ ।

पिफाइजरका अध्यक्ष अल्बर्ट बोउरलाले भने,‘वैज्ञानिक अन्वेषणमा आजको दिन विशेष दिन हो । हामीले सञ्चालन गरेको तेस्रो चरणको ट्रायलको नतिजाले यो खोप सफल हुने देखिएको छ । यस खोपले कोरोना संक्रमण रोक्ने विश्वास लिएका छौ ।’

तेस्रो चरणको ट्रायलका लागि ४३ हजार भन्दा बढी मानिसहरुलाई संलग्न गराइएको कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...