पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि

कुन जिल्लामा कति थपिए नयाँ संक्रमित ? सुचीसहित

Corona sa 7 4 2020 4 38 35 7 5 2020 4 38 11 7 16 2020 4 34 05 7 17 2020 4 37 14

काठमाडौँ । नेपालमा सोमबार थप २५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १७ सय ९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६९ हजार ७ सय २४ पुगेको छ ।

यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ रहेको थियो । यस्तै पछिल्लो २४ घण्टामा ११ हजार १ सय ७७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

कुन जिल्लामा कति थपिए नयाँ संक्रमित ?
प्रदेश १ को इलाममा ५, उदयपुरमा १२, ओखलढुंगामा ३, खोटाङमा २, झापामा ३३, तेह्रथुममा १, धनकुटामा ४, पाँचथरमा ५, भोजपुरमा २, मोरङमा १ सय ४८, संखुवासभामा ३ र सुनसरीमा ९१ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा १२, पर्सामा १०, बारामा ३, महोत्तरीमा ७, रौतहटमा ५, सप्तरीमा ९, सर्लाहीमा ६ र सिरहामा ११ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार १ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा ४७, चितवनमा २८, दोलखामा ४२, धादिङमा ५, नुवाकोटमा ८, भक्तपुरमा ९१, मकवानपुरमा ४२, रसुवामा १, रामेछापमा ५, ललितपुरमा २ सय १, सिन्धुलीमा ५ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १ सय ५१, गोरखामा १३, तनहुँमा १८, नवलपरासी पूर्वमा ११, पर्वतमा ३, म्याग्दीमा १, लमजुङमा २ र स्याङजामा १७ जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा २९, गुल्मीमा ४, दाङमा ११, नलवपरासीमा ९, पाल्पामा २४, प्यूठानमा २, बर्दियामा ३, बाँकेमा ८ र रुपन्देहीमा ८५ जनामा कोरोना पाइएको छ ।

यस्तै, कर्णाली प्रदेशको जुम्लामा ५, दैलेखमा १३ र सुर्खेतमा ७ जनामा कोरोना पुष्टि भएको छ । सुदूरपश्चिमको अछाममा ९, कञ्चनपुरमा २५, कैलालीमा ६६, डडेल्धुरामा १५, डोटीमा १०, दार्चुलामा ११, बझाङमा १२, बाजुरामा १० र बैतडीमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...