रामेछापको उमाकुण्ड गाउँपालिकाका गर्भवती र सुत्केरी महिलाको हेलिकप्टरमार्फत निः शुल्क उद्धार गरिने

Ufar 1536x1024

काठमाडौँ । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाका गर्भवती र सुत्केरी महिलाको हेलिकोप्टर मार्फत निः शुल्क उद्दार गरिने भएको छ ।

महिला बालबालिक तथा जेष्ठ नागरिक मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उमाकुण्ड गाउँपालिकाका गर्भवती र सुत्केरी महिलाको निु : शल्क उद्दार गर्ने निर्णय गरेको हो ।

जिल्लाको दुर्गम क्षेत्रको रुपमा रहेको उमाकुण्ड गाउँपालिकाका गर्भवती र सुत्केरी महिलाहरु यस भन्दा अघि समयमा उपचार गर्न अस्पताल पुर्याउन नसक्दा अकालमा ज्यान जाने गरेको गाउँपालिकाका उप प्रमुख उर्मीला कार्कीले बताइन् ।

उनले भनिन्, ‘प्रमुख जिल्ला अधिकारी ज्युले गाउँपालिकाको अनुरोधलाई चासोको रुपमा लिएर गर्भवती र सुत्केरी महिलाको निुशल्क उद्दार गर्ने निर्णय गराउनुभयो यो हाम्रो गाउँपालिकाको लागी ठुलो उपलब्धी हो ।’ प्रमुख जिल्ला अधिकारीले गरेको यो कार्यको कारण अब गाउँपालिकाका महिला दिदि बहिनीले अकालमा ज्यान गुमाउन नपर्ने उपप्रमुख कार्कीले बताइन् ।

गाउँपालिकाबाट गर्भवती र सुत्केरी महिलालाई अस्पताल पुर्याउन भौगोलिक हिसाबमा टाढा भएको कारण अकालमै ज्यान गुमाउन नपरोस भनेर महिला तथा बालबालिका मन्त्रालयमा जिल्ला प्रशासन कार्यालय मार्फत पत्राचार गरेको र सोहि अनुसार महिला बालबालिक तथा जेष्ठ नागरिक मन्त्रालयले निशुल्क उपचारको ब्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी रुद्रा देवि शर्माले बताइन् ।

अब गाउँपालिकाभित्र गर्भवती र सुत्केरीको उपचार हुन नसकेको अवस्थामा महिला मन्त्रालय र गृह मन्त्रालयमा सिधै सम्पर्क गरेर उद्धार गर्न सकिने भएको छ । रामेछापका प्रजिअ शर्माले जिल्लाको नेतृत्व सम्हाले लगत्तै जिल्लाको दुर्गम क्षेत्रको रुपमा रहेको उमाकुण्ड गाउँपालिकाको बारेमा चासो राख्दै आएकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...