ऋषि धमलालाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य

Rishi dhamala

काठमाडौं । रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई कोरोना संक्रमण भएको छ । कन्ट्याक ट्रेसिङमा परेका धमलालाई आइतबार संक्रमण पुष्टि भएको हो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत कन्ट्याक ट्रेसिङमा परेको कारणले आफूले हिजो शनिबार स्वाब परीक्षण गराएको र आज रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आदरणीय सबैमा नमस्कार;`कन्ट्याक्ट ट्रेसिङ`को आधारमा आज गराएको (कोभिड–१९) स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहनुे सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला । म आजैबाट होम–आईसोलेशनमा बसेको छु । यहाँहरुको माया, सद्भाव, शुभेच्छा र आशिर्वादले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्ने विश्वास लिएको छु । धन्यवाद ।’

उनको स्वास्थ्य अवस्था सामान्य छ । उनी कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका छन् । प्राइम टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ का सञ्चालक धमलाले आफ्नो कुनै स्वास्थ्यमा खरावी नभए पनि आफुसँग सम्पर्कमा रहेका सबैलाई सुरक्षित रहन र कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।

नेपालमा गत २४ घण्टामा थप २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहीमध्ये धमला पनि एक हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...