काठमाडौं उपत्यकामा थप १५ सय ३३ जनामा संक्रमण, कुल संक्रमित ८८ हजार नाघ्यो

1590588492 frwvd

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३३ संक्रमित फेला परेका छन् ।

जसमा ७ सय १० महिला र पुरुष ८ सय २३ रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३३ संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ८८ हजार ७ सय २७ पुगेको छ ।

योसंगै काठमाडौंमा ७२ हजार ६७ जना, ललितपुरमा १० हजार १ सय ५३ , भक्तपुरमा ६ हजार ५ सय ७जना संक्रमित थपिएका छन् ।काठमाडौंमा होम आइसोलेसनमा रहनेको संख्या ११ हजार ६ सय ३८ ,ललितपुरमा १ हजार ७ सय ५२ र भक्तपुरमा १ हजार ८ सय ३ रहेको छ ।

योसंगै काठमाडौं उपत्यकामा होम आइसोलेसनमा बस्नेको कुल संख्या १४ हजार ३ सय ९३ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...