फ्रान्समा अहिलेसम्मकै धेरै ६० हजारभन्दा बढी व्यक्तिमा एकैदिन कोरोना पुष्टि

France 11 7 2020 8 35 58

एजेन्सी । फ्रान्समा महामारीको सुरु भएदेखि पछिल्लो २४ घण्टामा ६० हजार ४८६ नयाँ कोरोनाभाइरसका घटनाहरू दर्ता गरेको देशको राष्ट्रिय जनस्वास्थ्य एजेन्सी सेन्ट पब्लिकले शुक्रबार बताएको छ । फ्रान्समा पछिल्ला दिनहरूमा कोभिड–१९ सङ्क्रमणको अवस्था जटिल बन्दै गएको छ ।

शुक्रबार पनि फ्रान्समा ५८ हजार व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । यूरोपेली यस मुलुकमा अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १६ लाख पुगेको छ भने ३९ हजार ८०० व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले यसै वर्षको मार्च ११ मा कोभिड–१९ ले विश्वव्यापी महामारीको प लिएको बताएकमो थियो । शनिबारसम्म विश्वमा चार करोड ९१ लाख व्यक्ति सङ्क्रमित भएका छन् भने यसका कारण १२ लाख ४० हजार व्यक्तिको मृच्यु भइसकेको जोन हकिन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस