पत्रकार महासंघका महासचिव विष्टलाई कोरोना संक्रमण पुष्टि

Ramesh bist fnj

काठमाडौं । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टलाई कोरोना संक्रमण पुष्टि भएको छ । महासचिव विष्ट कोरोना संक्रमण भएपछि होम आइसोेलेसनमा बसेका छन् ।

महासचिव बिष्टले आफुलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छन् । उनले आफुलाई कोरोना संक्रमण पुष्टि भएकाले आफुँग सम्पर्कमा रहेका सबैलाई सचेतता अपनाउन र कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘महामारीको चपेटावाट वच्न सकिएन । केहि दिनदेखी हल्का ज्वरो, खोकि र शरिर दुखे पछि गराएको पीसिआर रिपोर्ट पोजेटिभ आएको छ । अहिले घरमै आइसोलेसनमा बसेको छु । केहि दिन यता मसँग सम्पर्कमा आउनुभएका व्यक्तिहरुलाई परिक्षण र सर्तकता अपनाउन अनुरोध गर्दछु ।’

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा दिनप्रतिदिन तीब्ररुपले बढिरहेको छ । संक्रमणको दर वृद्धि भएसँगै यो महामारीबाट नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको छ । पछिल्लो समय ४ सयभन्दा बढी पत्रकारलाई कोरोना संक्रमण भएको छ भने ४ जना पत्रकारको कोरोनाका कारण निधन भइसकेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...