थप १७ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा मृतकको संख्या १ हजार ८७ जना पुग्यो

Corona shab all

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ८७ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या भने ३५ हजार ४ सय ३५ रहेको छ ।

अहिलेसम्म १५ लाख २७ हजार ७६६ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले ११ सय ४४ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा शनिबार थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा प्रदेश १ मा ४९४, प्रदेश २ मा ७७, बागमतीमा १६ सय ९९, गण्डकीमा १ सय ३७, लुम्बिनीमा २ सय १८, कर्णालीमा २५ र सुदूरपश्चिममा १ सय ३ जनामा संक्रमण पुष्टि भएको छ ।

झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्रपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी (पूर्व) दाङ र रुपन्देहीमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् भने मनाङ र बाजुरामा सक्रिय संक्रमित छैनन् ।

प्रतिकृया दिनुहोस