देशभरका संक्रमितमध्ये आधाभन्दा धेरै काठमाडौं उपत्यकाभित्रका, थप १५१२ जनामा संक्रमण

Kathamandu vally corona

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या काठमाडौं उपत्यकामा देशभरका संक्रमितमध्ये आधाभन्दा धेरै संख्या देखिएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५ सय १२ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित पुष्टि हुनेमा ६ सय २५ महिला र ८ सय ८७ पुरुष रहेका छन् ।

काठमाडौंमा १ हजार २ सय ९४ जना, भक्तपुरमा ७७ जना र ललितपुरमा १ सय ४१ जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय १२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घन्टामा २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा २ हजार २ सय ६ सय जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ७ सय ५३ जनासहित देशभर संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ । संक्रमितमध्ये १ लाख ५५ हजार १ सय १४ जना कोरोना मुक्त भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८७ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र सक्रमितको संख्या ८७ हजार नाघेको छ भने ४ सय ६ जनाको मृत्यु भइसकेको छ ।

काठमाडौं जिल्लामा मात्र ७० हजार ७ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १५ हजार ४ सय ५५ सक्रिय संक्रमित छन् भने ५५ हजार ४८ जनाले कोरोना जितिसकेका छन् । जिल्लामा मृतकको संख्या २ सय ७० पुगेको छ ।

९ हजार ९ सय ९१ संक्रमित रहेको ललितपुरमा ७ हजार ७ सय ३४ जनाले कोरोना जितेका छन् । २१ सय ९१ जना सक्रिय संक्रमित रहेको ललितपुरमा ६६ जनाले ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस