पछिल्लो २४ घण्टामा थपिएका २ हजार ७५३ जना संक्रमितमध्ये कुन जिल्लाका कति छन् ? यस्तो छ जिल्लागत विवरण

Corona test logo

काठमाडौं । पछिल्लो २४ घन्टामा २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसका एक हजार ७७ महिला र १६ सय ७६ पुरुषमा एकै दिन संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ७ सय ५३ जनासहित देशभर संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ । संक्रमितमध्ये १ लाख ५५ हजार १ सय १४ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घन्टामा २ हजार २ सय ६ सय जना कोरोना मुक्त भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८७ पुगेको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या भने ३५ हजार ४३५ रहेको छ । अहिले ११ सय ४४ जना क्वारेन्टिनमा छन् । अहिलेसम्म १५ लाख २७ हजार ७६६ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा प्रदेश १ मा ४९४, प्रदेश २ मा ७७, बागमतीमा १६ सय ९९, गण्डकीमा १३७, लुम्बिनीमा २१८, कर्णालीमा २५ र सुदूरपश्चिममा १०३ जनामा संक्रमण पुष्टि भएको छ ।

झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्रपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी (पूर्व) दाङ र रुपन्देहीमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् भने मनाङ र बाजुरामा सक्रिय संक्रमित छैनन् ।

यस्तो छ जिल्लागत विवरण

। 

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...